एनसीसी बैंकको सर्वाधिक २२ करोडमाथिको कारोबार, यी हुन् आज धेरै खरिदबिक्री हुने टप १० कम्पनी
२९ मंसिर २०७९, बिहीबार १५:०७

काठमाडौं । बिहिबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से सूचक १४.४८ अंकले घटेर १८८२ विन्दुमा कायम भएको छ ।
नेप्से घटेपनि आज शेयरबजारमा एक अर्ब १९ करोडमाथिको कारोबार भएको छ । सर्वाधिक एनसीसी बैंकको प्रोमोटर शेयर २२ करोड ८९ लाख रुपैयाँमाथि कारोबार भएको छ ।
त्यस्तै, शिवम् सिमेन्ट्सको ९ करोड ३१ लाख, सिवाइसी नेपाल लघुवित्तको ६ करोड ३९ लाख, नेपाल टेलिकमको ५ करोड ३३ लाख र नबिल बैंकको ४ करोड ७२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।













