शोधानान्तर स्थिति २० अर्ब ३ करोड बचतमा, चालु खाताको घाटामा सुधार
२९ मंसिर २०७९, बिहीबार १५:४१

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९।८० को चार महिनाको वित्तीय स्थितिको विवरण सार्वजनिक गरेको छ ।
सार्वजनिक विवरणअनुसार शोधानान्तर स्थिति २० अर्ब ३ करोड रुपैयाँ बचतमा रहेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार शोधानान्तर स्थिति बचतमा गएको हो ।
अघिल्लो वर्षको यसै अवधिमा शोधानान्तर स्थिति १ खर्ब ५० अर्ब ३८ करोड रुपैयाँले घाटामा रहेको थियो । त्यस्तै, कात्तिक मसान्तसम्म चालु खाता भने ३५ खर्ब ४० करोड रुपैयाँले अझै घाटामा रहेको छ । अघिल्लो वर्षको यसै अवधिसम्म चालु खाता २ खर्ब २० अर्ब रुपैयाँ घाटामा रहेको थियो । तर गत आवको तुलनामा यस वर्ष भने चालु खाताको घाटा कम भएको हो ।












