एक वर्षमा बैंकहरुको ब्याजदर ह्वात्तै बढ्यो

२९ मंसिर २०७९, बिहीबार १६:१५

काठमाडौं । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा बैंकहरुको ब्याजदर ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको चार महिनाको वित्तीय अवस्थाको विवरणअनुसार बैंकहरुको ब्याजदर एक वर्षमा ह्वात्तै बढ्न पुगेको हो ।

गत आर्थिक वर्ष २०७८।७९ को कात्तिक मसान्तसम्म निक्षेपको ब्याजदर न्यूनतम ५.८० प्रतिशत रहेकोमा चालु आवको यसै अवधिसम्म बढेर ८.३२ प्रतिशत पुगेको छ । त्यस्तै, यता निक्षेपसँगै कर्जाको ब्याजदर समेत बैंकहरुले बढाएका छन् । गत आवको यसै अवधिसम्म न्यूनतम ९.०२ प्रतिशत कायम रहेको ब्याजदर यस अवधिसम्म बढेर १२.६५ प्रतिशत पुगेको छ ।

त्यस्तै बैंकहरुको आधार दर समेत ७.८२ प्रतिशतबाट बढेर १०.६० प्रतिशत पुगेको छ । साथै अन्तर बैंक ब्याजदर ४.९६ प्रतिशतबाट बढेर ८.५० प्रतिशत पुगेको छ भने ९१ दिने ट्रेजरी बिलको ब्याजदर ४.८१ प्रतिशतबाट बढेर १०.८८ प्रतिशत पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*