विन्ध्यबासिनी हाइड्रोपावरद्धारा लाभांश प्रस्ताव, साधारण सभा र बुकक्लोजको मिति तय

१ पुष २०७९, शुक्रबार १०:५०

काठमाडौं । विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनकिो मंसिर २९ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.०२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

सोही प्रस्तावित लाभांश पारितका लागि कम्पनीले पुष २२ गते कम्पनीको कार्यालय परिसर, नयाँ बानेश्वर, काठमाडौंमा बिहान १० बजे बस्नेगरी वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुष १३ गते एक दिन बुकक्लोजको मिति तोकेको छ । यसर्थ पुष १२ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन तथा लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*