नेपाल बैंकको लाभांश घोषणा, बोनस भन्दा नगद धेरै
१ पुष २०७९, शुक्रबार ११:३०

काठमाडौ । नेपाल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
बैंकको पुष १ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको १० प्रतिशत नगद लाभांश (कर समेत) र २ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।
उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै शेयरधनीहरुमा वितरण हुनेछ ।












