एनसीसी बैंकको आजदेखि नयाँ ब्याजदर लागू, मुद्दती निक्षेपमा अधिकतम १५ प्रतिशतसम्म ब्याजदर निर्धारण

१ पुष २०७९, शुक्रबार ११:५०

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले पुष महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले मंसिर महिनाकै ब्याजदर कायम राख्दै पुष महिनाका लागि ब्याजदर सार्वजनिक गरेको हो ।

नेपाल बैंकर्स संघको पुष २८ गते बसेको कार्यसमितिको बैठकले बैंकहरुको ब्याजदर घटबढ नगरी मंसिर महिनामै कायम रहेको ब्याजदरलाई निरन्तरता दिने निर्णय गरेको हो । एनसीसी बैंकको ब्याजदर पुष महिनाको लागि मंसिर महिनामै कायम भएको ब्याजदर आजदेखि लागू भएको छ ।

जसमा सामान्य बचत खातामा निक्षेपकर्ताले न्युनतम ७.१३ प्रतिशत देखि अधिकतम १०.१३ प्रतिशतसम्म ब्याजदर पाउनेछन् ।

त्यस्तै, एनसीसी बैंकले यता मुद्दती निक्षेपतर्फ न्यूनतम १०.१३ प्रतिशतदेखि अधिकतम १५ प्रतिशतसम्म ब्याजदर पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*