राष्ट्र बैंकको निर्देशनपछि महिला लघुवित्तद्धारा संचालक निरु कुथुमि राईलाई बरखास्त
१ पुष २०७९, शुक्रबार १२:१३

काठमाडौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक शेयरधनी संचालक निरु कुथुमि राई संचालक पदबाट बरखास्त भएकी छिन् ।
नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागको समष्टिगत निरीक्षणको क्रममा राईको शैक्षिक योग्यता र अनुभव सम्बन्धी केन्द्रीय बैंकले संस्थालाई संचालक परिवर्तन गर्न निर्देशन दिएबमोजिम महिला लघुवित्तले राईलाई संचालक पदबाट बरखास्त गरेको हो ।
साथै संस्थाको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैंठकले रिक्त हुन गएको सो पदमा संस्थापक शेयरधनी माया भण्डारीलाई संचालक पदमा नियुक्त गरेको छ ।












