सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र काठमाडौं क्यान्सर सेन्टर, चाँगुनारायण बीच सम्झौता

१ पुष २०७९, शुक्रबार १४:०६

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र काठमाण्डौं क्यान्सर सेन्टर, चाँगुनारायण बीच कर्मचारी तथा ग्राहकको उपचार सेवा विषयमा सम्झौता भएको छ ।

बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाईल बैंकिङ्ग प्रयोगकर्ता, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई काठमाण्र्डौ क्यान्सर सेन्टर, चागुनारायणमा विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने गरी सम्झौता भएको हो । 3D CRT  सेवा, IMRT सेवा लगायत अन्य सेवाहरुमा छुट दिने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा काठमाण्र्डौ क्यान्सर सेन्टर, चाँगुनारायणका तर्फबाट अध्यक्ष  अन्जनी कुमार झा र  बैंकको तर्फबाट वाग्मती प्रदेश प्रमुख दिपेन्द्र बाबु विष्टले हस्ताक्षर गरेका थिए ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका १४८ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*