माछापुच्छ्रे बैंकद्धारा लाभांश नबाड्ने निर्णय
१ पुष २०७९, शुक्रबार १४:१९

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट कुनै पनि लाभांश नबाड्ने निर्णय गरेको हो ।
कम्पनीको पुष १ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।७९ बाट शेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको हो ।
साथै उक्त प्रस्ताव सहितका वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पेश गरि केन्द्रीय बैंकबाट कुनै संशोधन, सुझाव तथा निर्देशन प्राप्त भएमा समेत समावेश गरी आगामी वार्षिक साधारण सभामा स्वीकृतिका लागि पेश गरिने बैंकले जनाएको छ ।












