स्ट्यान्डर्ड चार्टर्ड बैंकले पायो साढे २ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने अनुमति, कति पाइन्छ ब्याज ?

२ पुष २०७९, शनिबार १०:१५

काठमाण्डौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले २ अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ‘स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल ऋणपत्र’लाई बिहीबार (मंसिर २९ गते) निष्कासन अनुमति दिएको छ।

सेबोनको अनुमतिसँगै अब स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ हजार अंकित दरका कुल २४ लाख इकाइ ऋणपत्र जारी गर्नेछ। जसमा १४ लाख ४० हजार इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ र बाँकी ९ लाख ६० इकाइ सर्वसाधारणका लागि निष्कासन गरिनेछ।

यो ऋणपत्र ५ वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक १०।३० प्रतिशत ब्याज पाउनेछन्। स्ट्यान्डर्ड चार्टर्ड बैंकको यो ऋणपत्रको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*