मुक्तिनाथ विकास बैंकद्धारा लाभांश प्रस्ताव, शेयरधनीले १३ प्रतिशत बोनस शेयर पाउने
३ पुष २०७९, आईतवार १०:३४

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आव २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
बैंकको पुष १ गते बसेको संचालक समितिको बैठकले गत आवको मुनाफाबाट कायम चुक्तापुँजीको १३.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ००.७१०५ प्रतिशत गरी कुल १४.२१०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत पश्चात बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।












