मन्जुश्री फाइनान्सले लाभांश नदिने
३ पुष २०७९, आईतवार १०:४२

काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले लाभांश वितरण नगर्ने घोषणा गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट कुनै खालको लाभांश नबाड्ने निर्णय गरेको हो ।
कम्पनीको पुष १ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट बोनस शेयर र नगद लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सार्थ सोही आवको वित्तीय विवरणहरु राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात संस्थाको आगामी साधारण सभाबाट पारित गर्नको लागि पेश गर्ने प्रस्ताव गरि राष्ट्र बैंकमा स्वीकृतिको लागि पठाउने निर्णय गरेको छ ।












