बम्पर लाभांश प्रस्तावसहित हिमालयन डिष्टिलरीले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले २२औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्नपीले पुस २७ गते बुधबार, आफ्नो रजिष्टर्ड कार्यालय, विरगञ्जमा बिहान १० बस्नेगरी सभा डाकेको हो ।
सभाले हाल कायम चुक्ता पूँजीको ६० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित गरी १० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, स्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने, लेखारीक्षक नियुक्त गर्ने, वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस २० गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।












