नेपाल फाइनान्सको संस्थापक शेयर बिक्रिमा

३ पुष २०७९, आईतवार १२:२३

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले कम्पनीको संस्थापक शेयर बिक्रिमा ल्याएको छ । कम्पनीका शेयरधनी नरेश कुमार श्रेष्ठले आफ्नो नाममा रहेको ८ हजार भन्दा बढी कित्ता शेयर बिक्रिको लागि निवेदन दिएपछि संस्थाले सो शेयर बिक्रिमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले प्रतिकित्ताको मुल्य समेत उल्लेख गरी संस्थाको शेयर रजिष्ट्रार, प्रभुु क्यापिटल लिमिटेड तथा केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा आईपुुग्ने गरी सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्रमा आवेदन दिन सक्नेछन् ।

उक्त म्याद भित्रमा विद्यमान संस्थापक शेयरधनीबाट कुनै पनि आवेदन नआएको खण्डमा अन्य ब्यक्ति वा संस्थालाई बिक्रि प्रक्रिया अगाडि बढाईने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*