एक कम्पनीको शेयरमा सकारात्मक सर्किट, अधिंकाश लघुवित्तको शेयरमूल्य बढ्यो
३ पुष २०७९, आईतवार १५:०६

काठमाडौं। नेप्से २७।५४ अंकले घट्दा आज ३४ कम्पनीको शेयरमूल्य उकालो लागेको छ । शेयर बजार ओरालो लागेपनि इष्र्टन हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य ९।९९ प्रतिशतले बढेको छ।
त्यस्तै, ग्लोबल आइएमई ब्यालेन्स फण्ड १, धैलागिरि लघुवित्त, खप्तड लघुवित्त, वृद्धभूमि नेपाल हाईड्रोपावर, उन्नती सहकार्य, नयाँ सारथी, उपकार लघुवित्त, आदर्श लघुवित्त र एनआइबीइल समृद्धि फण्ड २ का लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।













