निफ्राको ऋणपत्रमा आवेदन दिने समय थप, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

४ पुष २०७९, सोमबार १०:०७

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को ऋणपत्रमा आवेदन दिने समय थप भएको छ । पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि लम्बिएर पुस १४ गतेसम्म पुर्याइएको हो । बैंकले मंसिर २९ गतेदेखि ५ अर्ब रुपैयाँ बराबरको ६० लाख इकाइ ऋणपत्र बिक्री खुला गरेको हो । यसमध्ये ३० लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ ।

बाँकी २० लाख इकाई सर्वसाधारणका लागि खुला गरेको हो । बैंकले ७ वर्ष अवधिको ‘निफ्रा ऊर्जा ऋणपत्र २०८५–८६’ जारी गरेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यपिटलले गरेको छ । यसमा वार्षिक ७५ ब्याजदर दिने बैंकले जानकारी दिएको छ ।

यसमा प्रतिइकाई १ हजार रुपैयाँ दरमा न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*