महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

४ पुष २०७९, सोमबार १०:२३

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ काठमाडौंमा अवस्थित दुई संस्थाहरु सँग सम्झौता गरेको छ ।

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले त्भकबि म्ष्बनलयकतष्अ मा अधिकतम १०% र Tesla Diagnostic  मा अधिकतम २०% को आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका डेविट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*