नेपाल राष्ट्र बैंकद्धारा विदेशी विनिमय कारोबार गर्ने निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०७८ संशोधन

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०७८ संशोधन गरेको छ । केन्द्रीय बैंकले नेपालमा रहेका रेमिट्यान्सहरुका लागि ५ बुँदे निर्देशन जारी गरेको हो ।
केन्द्रीय बैंकको संशोधित व्यवस्थाअन्तर्गत नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी ‘निर्यातमा अनुदान प्रदान गर्ने सम्बन्धी कार्यविधि (पहिलो संशोधन), २०७५’ लाई संशोधन गरी ‘निर्यातमा अनुदान प्रदान गर्ने सम्बन्धी (दोस्रो संशोधन) कार्यविधि २०७९, लागू गरिएको हुँदा सोही बमोजिम कार्यान्वयन गर्न विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी यो परिपत्र जारी गरिएको छ ।
त्यस्तै निर्यातमा अनुदान प्रदान गर्ने सम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०७९ तथा यस परिपत्रमा उल्लेख भएका प्रावधान तथा प्रक्रियाहरु पूरा नभई प्राप्त भएका निवेदनको शोधभर्ना नगरिने संशोधित व्यवस्थामा उल्लेख गरिएको छ ।
FXMD-circular-12












