आशा लघुवित्तको ६७ हजार कित्ता शेयर बिक्रीमा, ३९५ रुपैयाँमा जो कोहीले आवेदन दिन पाउने

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । संस्थाले केही संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर बिक्री गर्न लागेको हो ।
लघुवित्तले ६६ हजार ९ सय ९० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । सेयरको न्युनतम मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ तोकिएको छ । खरिदका लागि इच्छुक लगानीकर्ताले ७ दिन भित्र आवेदन दिनुपर्ने लघुवित्तले जनाएको छ ।
आवेदन कम्पनीको केन्द्रीय कार्यालय ककनी नुवाकोट पुग्नेगरि पेस गर्नु पर्नेछ । उक्त सेयर खरिदका लागि इच्छुक जो कोही ब्यक्ति तजनथा संस्थाले आवेदन दिन सक्नेछन् । यसअघि संस्थाले संस्थापक शेयरधनीहरुलाई नै बिक्रीका लागि ३५ दिने सूचना जारी गर्दा तोएिको म्यादभित्र आवेदन नपरेकोले संस्थाले सर्वसाधारणले भर्न पाउने गरी सो शेयर बिक्रीमा ल्याएको हो ।












