झिनो अंकले बढ्यो नेप्से, लगानीकर्तामा देखिएन उत्साह
४ पुष २०७९, सोमबार १५:१२

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । अघिल्लो दिन भारि गिरावट आएको शेयरबजारमा आज झिनो अंकले बढ्न पुगेको हो ।
प्रि–ओपनिङ सेसनमा घटेको नेप्से सूचक मार्केट क्लोज हुने बेलासम्म ३.८३ अंकले घढेर १८५८ विन्दुमा कायम भएको छ । पुष महिना लागेसँगै तरलता अभावको समस्या सिर्जना हुन थालेसँगै शेयर बजार प्रभावित बन्दै गएको हो ।
नेप्सेमा सूचीकृत २५१ कम्पनीको २६ लाख ९९ हजार ३३१ कित्ता शेयर किनबेच हुँदा ८८ करोड ६० लाख रुपैयाँमाथिको कारोबार भएको छ । नेप्से सूचक बढेपनि आज कारोबार भने करोडमा सीमित हुन पुगेको छ । अघिल्लो दिनको नेप्से इन्डेक्सका कारण पनि आजको कारोबार रकम प्रभावित बन्न पुगेको हो ।












