नेप्सेमा थप ९१ हजार २०० कित्ता शेयर सूचीकृत
४ पुष २०७९, सोमबार १६:००

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मिर्मिरे लघुवित्त वित्तीय संस्थाको थप शेयर सूचीकृत भएको छ । कम्पनीले साविकको बुद्धज्योती लघुवित्त वित्तीय संस्थालाई १ः०.७६ अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको शेयर सूचीकृत भएको हो ।
मिर्मिरे लघुवित्तले साविक बुद्धज्योती लघुवित्तको अंकित मूल्य १०० रुपैयाँ दरका कुल ९१ हजार २०० कित्ता शेयर सूचीकृत गराएको हो ।
साथै मिर्मिरे लघ्ुवित्तको सूचीकृत ९१ हजार २०० कित्ता शेयर र यसभन्दा अघि सूचीकृत ५२ लाख २० हजार ८५५ कित्ता समेत गरी कुल सूचीकृत संख्या ५३ लाख १२ हजार ५५ कित्ता शेयर पुगेको छ ।












