नेप्सेद्धारा आँधिखोला लघुवित्तको शेयर कारोबार फुकुवा, भोलिदेखि नै कारोबारमा आउने
४ पुष २०७९, सोमबार १६:०६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार फुकुवा गरिदिएको छ । आँधिखोला लघुवित्तले मर्जरमा जान सम्झौता गरेसँगै नेप्सेले सो संस्थाको शेयर रोक्का राखेको थियो ।
संस्थाको मंसिर २९ गतेको पत्रानुसार नेप्सेले संस्थाको आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार आजदेखि फुकुवा गरिदिएको हो । सो पश्चात् लघुवित्तको शेयर कारोबार भोलिदेखि नै हुनेछ ।
आँधिखोला लघुवित्त र सिवाइसी नेपाल लघुवित्तबीच एकआपसमा गाभ्ने।गाभिने तथा मर्जरमा जाने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएसँगै नेप्सेले दुवै कम्पनीको शेयर कारोबार रोक्का राखेको थियो ।












