पोखरा फाइनान्सको लाभांश घोषणा, बोनस र नगद कति ?

५ पुष २०७९, मंगलवार १०:२३

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।

कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले उक्त आर्थिक वर्षसम्मको नाफाट हाल कायम चुक्तापुँजी १ अर्ब ४ करोड ९ लाख १९ हजार ८१३ रुपैयाँ कुल ४।२१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा ४ प्रतिशतले हुन आउने ४ करोड १६ लाख ३६ हजार ७९२।५२ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०।२१ प्रतिशतले हुन आउने २१ लाख ८५ हजार ९३१।६१ रुपैयाँबराबरको नगद लाभांश छन्।

प्रस्तावित लाभांश कम्पनीले नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभा अनुमोदन गरी कार्यान्वयनमा ल्याउनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*