हिमालयन बैंकको लाभांश घोषणा, बोनस भन्दा नगद धेरै
५ पुष २०७९, मंगलवार १०:२६

काठमाडौं । हिमालयन बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
बैंकको पुष ५ गते बिहान बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको ८ प्रतिशत बोनस शेयर र ११.११ प्रतिशत नगद लाभांश (कर समेत) गरी १९.११ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात् बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।












