लुम्बिनी विकास बैंकद्धारा १२ प्रतिशत लाभांश दिने घोषणा, साधारण सभा र बुकक्लोज कहिले ?

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो ।
बैंकको पुष ४ गते बसेको संचालक समितिको बैठकले गत आवको मुनाफाबाट कायम चुक्तापुँजीको ९ प्रतिशत नगद लाभांश (कर समेत) र ३ प्रतिशत बोनस शेयर गरी कुल १२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएश्चात् बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।
बैंकले सो लाभांश प्रस्ताव पारित गर्न यहि पुष २६ गते मंगलबार अमृतभोग, कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको छ ।
बैंकले साधारण सभा तथा लाभांश तिवरण प्रयोजनार्थ पुष १३ गते एकदिन बुकक्लोजको मिति तोकेको छ । यसर्थ पुष १२ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।












