आँधिखोला र श्रृजनशील लघुवित्तको शेयरमा सर्किट, कति पुग्यो शेयरमूल्य ?

५ पुष २०७९, मंगलवार ११:३०

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा दुई लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । श्रृजनशील लघुवित्त र आँधिखोला लघुवित्त वित्तीय संस्थाको कारोबारको पहिलो दिनमै सर्किट लागेको हो ।

श्रृजनशील लघुवित्तको आइपीओ सूचीकृत भएपछि आजदेखि कारोबारमा आएको हो । संस्थाको आइपीओ ९०६ रुपैयाँमा खुलेको थियो । यो समाचार तयार पार्दासम्म लघुवित्तको शेयरमा सर्किट लागेर शेयरमूल्य ९९६ रुपैयाँ ६० पैसा पुगेको छ ।

त्यस्तै, लामो समयसम्म शेयर कारोबार रोक्का रहेको आँधिखोला लुघवित्तको शेयर कारोबार नेप्सेले सोमबार फुकुवा गरेसँगै आजदेखि कारोबारमा आएको छ । लामो समयपछि कारोबारमा आएको पहिलो दिनमै संस्थाको शेयरमा पनि सर्किट लागेको छ । यो समाचार तयार पार्दासम्म लघुवित्तको शेयरमा सर्किट लागेर शेयरमूल्य १५०७ रुपैयाँ पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*