मिर्मिरे लघुवित्तको शेयर संरचना परितर्वन
५ पुष २०७९, मंगलवार १२:०३

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर संरचना परिवर्तन भएको छ । संस्थाले संस्थापक शेयरधनीहरुको शेयर संरचना परिवर्तन गरेको हो ।
संस्थाको संस्थापक शेयरधनी समूहमा हाल रहेको ७० प्रतिशत शेयर संरचनालाई ५१ प्रतिशत हुनेरी शेयरधनीहरुको शेयर संरचना प्रचलित व्यवस्था बमोजिम परिवर्तन गर्ने निर्णय गरेको हो ।
साथै आफ्नो शेयर अनुपात सर्वसाधारण समूहमा परिवर्तन गर्ने वा नगर्ने सम्बन्धमा सम्पूर्ण संस्थापक शेयरधनीहरुलाई ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा निवेदन पेश गर्न सक्नेछन् ।












