लाभांस प्रस्तावसहित एचआइडीसीएलले डाक्यो साधारण सभा, कहिले हुदैछ बुक क्लोज ?

काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर २९ गतेका दिन बसेको सञ्चालक समितिको बैठकले पौस २६ गतेका दिन अर्पण ब्याङ्केट, थापागाँउ, नयाँ बानेश्वर, काठमाडौंमा बस्ने भएको हो ।
सभाले आर्थिक वर्ष २०७८।७९ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गर्ने, आर्थिक वर्ष २०७८।७९को लेखापरिक्षकको प्रतिवेदन सहित २०७९ असार मसाँन्तको वासलातको विवरण पेश गर्ने प्रस्ताव रहेको छ ।
त्यस्तै, आर्थिक वर्ष २०७८।७९ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितका वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्ने, माहालेखा परिक्षकको नियुक्ति गर्ने र उसको पारिश्रमिक निर्धारण गर्ने र स्वतन्त्र सञ्चालक पदमा १ जना नियुक्त गर्ने प्रस्ताव रहेको छ ।
सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम शेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशतका दरले बोनश शेयर र ० दशमलव २६३ प्रतिशतका दरले नगद लाभांस वितरण गर्ने प्रस्ताव रहेको छ । कम्पनीले पौस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।












