मैलुङ्ग खोला जलविद्युतले डाक्यो साधारण सभा, शेयरधनीलाई छैन लाभांस

५ पुष २०७९, मंगलवार १६:२५

काठमाडौं । मैलुङ्ग खोला जलविद्युत कम्पनी लिमिटेडले साधारण सभा डाकेको छ । कम्पनीको सञ्चालक समितिको बैठकको निर्णयले पौस २६ गतेका दिन लैनचोर ब्यांक्वेट, लैनचोर, काठमाडौंमा बस्ने भएको हो । सो सभा विहान ११ बजेबाट सुरु हुने कम्पनीले जनाएको हो ।

सभाले आर्थिक वर्ष २०७८।७९ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गर्ने, आर्थिक वर्ष २०७८।७९को लेखापरिक्षकको प्रतिवेदन सहित २०७९ असार मसाँन्तको वासलातको विवरण पेश गर्ने प्रस्ताव रहेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७८।७९ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितका वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्ने, माहालेखा परिक्षकको नियुक्ति गर्ने र उसको पारिश्रमिक निर्धारण गर्ने र स्वतन्त्र सञ्चालक पदमा १ जना नियुक्त गर्ने प्रस्ताव रहेको छ ।

कम्पनीको ठेगाना परिवर्तन भएको हुँदा प्रबन्ध पत्र र नियमावलीमा संसोधन गर्ते लगायतका प्रस्ताव रहेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*