महुली लघुवित्तले एफपीओ जारी गर्ने
५ पुष २०७९, मंगलवार १८:१५

काठमाडौं । महुली लघुवित्तले एफपीओ जारी गर्ने भएको छ।संस्थाले ४ लाख १६ हजार १४७ कित्ता एफपीओ निकट भविष्यमा जारी गर्ने भएको हो। संस्थाले प्रिमियम मूल्यसहित एफपीओ जारी गर्नेछ। उक्त सम्झौतापत्रमा महुली लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डे र सनराइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन्।
संस्थाले एफपीओ बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।












