एनआइसी एशिया बैंकले यस वर्ष पनि लाभांश नबाड्ने
६ पुष २०७९, बुधबार १०:३४

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले यस वर्ष पनि आफ्ना शेयरधनीहरुको हात खाली बनाउने भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने घोषणा गरेको हो ।
बैंकको पुष ५ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश नबाड्ने निर्णय गरेको हो । साथै बैंकले आव २०७८।७९ को वित्तीय विवरणहरुमाथि छलफल गरी सो लाई स्वीकृत गर्ने निर्णय गरेको तथा सो को अन्तिम स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको छ ।
बैंकले यस भन्दा अघिल्लो आर्थिक वर्ष २०७७।७८ मा पनि शेयरधनीहरुलाई कुनै पनि लाभांश प्रस्ताव गरेको थिएन ।













