एनआइसी एशिया बैंकको लाभांश नबाड्ने निर्णयसँगै लगानीकर्ताहरुले धमाधम बेच्न थाले शेयर

६ पुष २०७९, बुधबार ११:१८

काठमाडौं । साताको चौथो दिन शेयरबजार खुलेको केही समयमा नै एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ ।

बैंकले आज गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने घोषणा गरेसँगै लगानीकर्ताहरुले धमाधम शेयर बिक्री गरेका हुन् । यो समाचार तयार पार्दासम्म एनआइसी एशिया बैंकको सर्वाधिक साढे ३ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।

बैंकले यस वर्ष पनि शेयरधनीहरुको हात खाली बनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७७।७८ र गत आर्थिक वर्ष२०७८।७९ मा बैंकले पुँजीकोष पुर्याउन नसकेकोले राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाएको हो । सो कारण बैंकले दुई वर्ष आफ्ना शेयरधनीहरुलाई निराशा बनाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*