वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि शुभम पावरको आइपीओ आजदेखि बिक्री खुल्ला

६ पुष २०७९, बुधबार ११:२९

काठमाडौं । शुभम पावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आज (पुस ६ गते) देखि आईपीओ निष्काशन गरेको छ ।

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको आफ्नो जारी पूँजी २० करोड रुपैयाँको २० प्रतिशत अर्थात ४ करोड रुपैयाँको ४ लाख कित्तामा आयोजना प्रभावित क्षेत्रका लागि निष्काशन गरेको शेयरमा बाँडफाँट नभएको १ लाख ८० हजार ५८० कित्ता थप गरी कुल ५ लाख ८० हजार ५८० को १० प्रतिशत अर्थात ५८ हजार ५८ कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

सो शेयरमा पुस २० गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सम्पूर्ण आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण तथा सञ्चालन गरिएको अनलाइन सफ्टवेयर मेरो शेयर प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*