सिद्धार्थ बैंकले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव

६ पुष २०७९, बुधबार १२:१६

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीको पौष ०५ गते मंगलबार अपरान्ह ३ः३० बजे देखी ४ः३० बजे सम्म कम्पनीको रजिष्टर्ड कार्यालय त्रिपुरेश्वर ११ काठमाण्डौंमा बसेको संचालक समितिको बैठकको निर्णयले यहि पौस २८ गते बिहान ११ बजे बस्न भएको हो ।

साधारण सभामा संचालक समितिको आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७८।७९ को वासलात, नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७९।८० को लागि लेखा परिक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने र कर प्रयोजनको लागि चुक्ता पूँजीको ०.२५ प्रतिशत नगद लाभांश स्वीकृत गर्ने लगायतका महत्वपुर्ण प्रस्ताव रहेका छन् ।

बैंकले आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजीको ४ दशमलव ७५ प्रतिशत बोनस शेयर जारी गर्ने र कम्पनीको नियामावलीमा संशोधन गर्ने, नियमक निकायहरुको निर्देशनमा नियमावलीका प्रस्तावित संशोधनमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सो गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव रहेका छन् ।

साथै उक्त साधारण सभाको प्रयोजनका लागी कम्पनीको शेयरधनी दर्ता पुस्तिका तथा शेयर दाखिला खारेजीको कार्य पौष १३, २०७९ एक दिन मात्र बन्द रहने छ । शेयरधनी पुस्तीका बन्द भएको अघिल्लो दिन मिति पौष १२, २०७९ सम्म कायम रहेका शेयरधनीहरु वार्षिक साधारण सभामा भाग लिनका लागी योग्य हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*