लघुवित्त संस्थाविरुद्धको सबै संघर्ष स्थगित गर्ने सहमति, संघर्ष समिति र संघबीच १२ बुँदे सम्झौता
६ पुष २०७९, बुधबार १२:५७

काठमाडौं । लघुवित्त बैंकर्स संघ र लघुवित्त संस्थाविरुद्धको संघर्ष समितिबीच लघुवित्त संस्थाहरु बन्द गर्ने सम्बन्धमा आन्दोलनका कार्यक्रम स्थागित सम्झौता भएको छ ।
पछिल्लो समय लघुवित्त संस्थाविरुद्धको संघर्ष समितिले लघुवित्त संस्थाहरु खारेजीको माग राख्दै आन्दोलनमा उत्रिएका थिए । लघुवित्त बैंकर्स संघका उपाअध्यक्ष एलिया मिया र लघुवित्त संघर्ष समितका महासचिव रामबहादुर यादवले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार अब लघुवित्त संस्था विरुद्धका संघर्ष समितिले आन्दोलनका कार्यक्रमहरु स्थागित गर्नेछन् । दुई पक्षबीच आज १२ बुँदै सहमति भएको लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्माले बताए ।
१२ बुँदे सहमति :













