कात्तिक महिनासम्म बाणिज्य बैंकहरुको मुनाफा २५ अर्बमाथि, ९ वटा बैंकको नाफा अर्ब नाघ्यो (सूचीसहित)

६ पुष २०७९, बुधबार १३:३१

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०७९।८० को चार महिनामा कुल २५ अर्ब भन्दा बढी खुद नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्म २६ कमर्सियल बैंकहरुले २५ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी नाफा कमाउन सफल भएका हुन् ।

जसमध्ये सबैभन्दा बढी नबिल बैंकले २ अर्ब ३५ करोड खुद नाफा कमाएको छ भने एनआईसी एसिया बैंकले २ अर्ब २२ करोड नाफा कमाएको छ । दुई अर्बभन्दा भढी मुनाफा आर्जन गर्नेमा दुई बैंकमात्रै सफल भएका छन् ।

त्यस्तै, यस अवधिमा ग्लोबल आईएमई बैंकले पनि १ अर्ब ७५ करोड खुद नाफा कमाएको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब ५२ करोड खुद नाफा कमाएको छ ।

१ अर्ब भन्दा बढी नाफा कमाउने अन्य बैंकमा एनएमबि बैंक, कुमारी बैंक, प्राइम कमर्शियल बैंक, एभरेष्ट बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन् । यसरी कात्तिम महिनासम्म अर्बमाथि नाफा कमाउने ९ वटा वाणिज्य बैंक रहेका छन् ।

१३ वटा वाणिज्य बैंकको खुद नाफा भने ५० करोडदेखि १ अर्बको बीचमा रहेको छ । ४ वटा वाणिज्य बैंकको खुद नाफा ५० करोड भन्दा कम रहेको छ । बिओके, सेन्चुरी बैंक, सनराइज बैंक र कृषि विकास बैंकको खुद नाफा ५० करोडभन्दा कम देखिएको छ ।

 

चालु आर्थिक वर्षको चार महिनामा वाणिज्य बैंकहरुको खुद नाफा : 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*