नेप्सेमा थप ३७ लाख ५० हजार कित्ता बोनस शेयर सूचीकृत

६ पुष २०७९, बुधबार १६:०८

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । एनसीसी बैंक लिमिटेडले आफ्नो साधारण सभाबाट पारित गरेको ३.३६६३ प्रतिशत बोनस शेयर आज सूचीकृत गराएको हो ।

सो प्रतिशत दरका कुल ३७ लाख ५० हजार कित्ता बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सूचीकृतपश्चात उक्त शेयर शेयरधनीको हितग्राही खातामा जम्मा भएपछि दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*