नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य निरन्तर घट्दै, किन बढ्न सकेन ?

काठमाडौं । कुनै समय दोस्रो बजारमा एकछत्र राज गरेको नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य निरन्तर ओरालो लागेको छ । निरन्तर ओरालो लागिरहेको काराण दोस्रो बजारमा कम्पनीको शेयर मूल्य उकालो लाग्न भने सकेको छैन ।
पछिल्लो समय भने कम्पनीको सेयर मूल्य लगातार घटिरहेको छ। कम्पनीको सेयर मूल्य घटेर ६७२ रुपैयाँमा अन्तिम कारोबार भएको छ। उच्च मूल्यबाट कम्पनीको बुधवारसम्म ६७२ रुपैयाँमा आइपुगेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार गत वर्षको सबैभन्दा धेरै कारोबार हुने सूचीमा पुनर्बीमा कम्पनी परेको थियो।
एक वर्षमा कम्पनीको सेयर मूल्य न्यूनतम ५९१ रुपैयाँमा कारोबार भएको थियो भने उच्चतम २०१० रुपैयाँसम्म पुगेको थियो। कम्पनीले दुईवर्ष अगाडि कम्पनीले गत वर्ष १९ प्रतिशत लाभांश दिएको थियो। गतवर्ष घटेर ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो।
कम्पनीले गत आर्थिक बर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद गरी कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीको चुक्तापुँजी ११ अर्ब ६५ करोड रुपैयाँ रहेको छ।
पहिलो पुनर्बीमा कम्पनीको रुपमा नेपालमा भित्रिएको यस कम्पनीले २०७६ साल चैत ४ गतेदेखि ७ गतेसम्म आईपीओ जारी गरेको थियो। कम्पनीको चुक्तापुँजी बढाउने रणनीतिसमेत रहेको छ। जसमा आगामी वर्ष हकप्रद दिनेगरी छलफल थालेको छ।कम्पनीले केही वर्षभित्रै २० अर्ब रुपैयाँ चुक्तापुँजी पुयाउने नीतिसमेत लिएको छ। कम्पनीको हाल बजार पुँजीकरण ८० अर्ब ३७ करोड रुपैयाँमा झरेको छ। गतवर्षसम्म कम्पनीको बजार पुँजीकरण डेढ खर्ब रुपैयाँसम्म पुगेको थियो।












