लाभांश प्रस्तावसहित पाँचथर पावर कम्पनीको साधारण सभा पुष १८ गते बस्ने

७ पुष २०७९, बिहीबार ११:१७

काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले सातौं वार्षिक साधराण सभा आह्वान गरेको छ । कम्पनीले यहि पुष १८ गते सभा बस्नेगरी डाकेको हो । सभा होटल इम्पेरियल काठमाडौं बत्तीसपुतलीमा बिहान ११ बजे बस्नेछ ।

सो सभाले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापुँजीको ७ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

साथै गत आवको वार्षिक प्रतिवेदन उपर छलफल गरी पािरत गर्ने, सोही आवको अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह जस्ता वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनार्थ यहि पुष ७ गते नै बुकक्लोज गरिसकेको छ । यसर्थ पुष ६ गतेसम्म कायम शेयरधनीहरुले मात्रै प्रस्तावि लाभांश पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*