लक्ष्मी बैंकले डाक्यो २२औं साधारण सभा, मर्जर प्रस्ताव मुख्य एजेण्डा

७ पुष २०७९, बिहीबार ११:२५

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले २२औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको पुष ६ गते बसेको संचालक समितिको बैठकले सभा पुष २८ गते बोलाएको हो । सभा अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा बिहान ११ बजे बस्नेछ ।

सो सभाले लक्ष्मी बैंक र अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने।गाभिने तथा बैंकले अन्य कुनै संस्थालाई प्राप्ती गर्ने सम्बन्धमा आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न संचालक समितिलाई दिइएको अख्तियारीलाई निरन्तरता दिने विशेष प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । सोही आवको असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्नेछ ।

बैंकले साधारण सभा प्रयोजनका लागि पुष १५ गते एक दिनका लागि बुकक्जोको मिति तोकेको छ ।यसर्थ पुष १४ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन पाउनेछन् ।

बैंकले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफबाट आफ्ना शेयरधनीहरुलाई कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । यसर्थ यस वर्ष बैंकका शेयधरनीहरुको हात खाली हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*