लाभांश र मर्जर प्रस्तावसहित प्राइम कमर्सियल बैंकद्धारा साधारण सभा आह्वान, बुकक्लोज कहिले ?

७ पुष २०७९, बिहीबार ११:४२

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले लाभांश प्रस्ताव सहित १५औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले पुस २८ गते, कार्की ब्याङ्कवेट, बबरमहल, काठमाडौँमा बिहान ११ बजे सभा बस्नेगरी डाकेको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ४.९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसका साथै सभाले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, स्वतन्त्र सञ्चालकको नियुक्ति सम्बन्धमा जानकारी दिने, संस्थापक शेयरधनीहरुको तर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना गरी ५ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*