नेप्सेद्धारा आइसीएफसी फाइनान्सको शेयर कारोबार रोक्का
७ पुष २०७९, बिहीबार १२:२२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइसीएफसी फाइनान्स लिमिटेडको शेयर कारोबार रोक्का गरिदिएको छ ।
कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को लाभांश घोषणापत्र पुष ६ गते कारोबार समयमा (दिउँसो १२ः३९)बजे नेप्सेमा पठाएकोमा नेप्सेले धितोपत्र सूचीकरण विनियमावली बमोजिम सो कम्पनीको शेयर कारोबार रोक्का गरिदिएको हो ।
साथै यो पत्र प्राप्त भएको मितिले ३ कार्यदिन भित्र के कति कारणबाट समयमानै जानकारी दिन नसकेको हो सो सम्बन्धमा नेप्सेले कम्पनीलाई स्पष्टिकरण समेत पेश गर्न अनुरोध गरेको छ ।












