जीवन विकास लघुवित्तमा रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
७ पुष २०७९, बिहीबार १२:५२

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । लघुवित्तले दुई पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।
संस्थाले कनिष्ठ सहायक प्रशिक्षार्थी र सहायक प्रशिक्षार्थी केही संख्यामा माग गरेको हो । सो पदहरुका लागि संस्थाले एसईई उत्तीर्ण देखि प्लस टु उत्तीर्ण सम्म भएको हुनुपर्ने जनाएको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले पुष २२ गतेसम्म कम्पनीको वेबसाइट https://www.jeevanbikas.org.np/career/ मार्फत दरखास्त दिन सक्नेछन् ।













