ग्लोबल आइएमइ लघुवित्तको संस्थापक शेयर बिक्रीमा, जो कोहिले आवेदन दिन सक्ने

७ पुष २०७९, बिहीबार १३:३१

काठमाडौं । ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाका शेयरधनी ऋषिराज गौतमले आफ्नो नाममा रहेको ६ हजार कित्ता बिक्रीको लागि निवेदन दिएपश्चात संस्थाले सो शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरु वा जो कोहीले आवश्यक कागजात प्रमाण संकलन गरी संस्थाको केन्द्रिय कार्यालय पोखरा २६ विजयपुर, कास्कीमा आफुले खरिद गर्न चाहेको शेयर कित्ताको व्यहोरा खुलाएर आवेदन दिन सक्नेछन् ।

उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिदै पहिलै नै ३५ दिने सूचना प्रकाशित गरेको र कुनै पनि आवेदन नपरेको कारणले आव जो कोहीलाई बिक्री खुल्ला गरेको जनाएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*