कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

७ पुष २०७९, बिहीबार १३:४९

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाका शेयरधनी तिलक बज्र बज्राचार्यले आफ्नो नाममा रहेको १५ हजार बढी कित्ता बिक्रीको लागि निवेदन दिएपश्चात संस्थाले सो शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरु सूचना प्रकाशित मितिले ३५ दिन भित्रमा आवश्यक कागजात संकलन गरेर बैंकको रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड, काठमाण्डौं टंगालमा निवेदन दिन सूचित गराएको छ ।

उक्त म्याद भित्रमा विद्यमान संस्थापक शेयरधनीहरुबाट कुनै पनि आवेदन नआएको खण्डमा अन्य ब्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाइने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*