नेपाल इन्भेष्टमेन्ट बैंकको साधारण सभा सम्पन्न, लाभांस प्रस्ताव पारित

७ पुष २०७९, बिहीबार १४:५०

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले ३६ओ साधारण सभा सम्पन्न गरेको छ । बैंकले लाभांस प्रस्ताव पारित गरेर आफ्ना शेयरधनीहरुलाई खुशि बनाउदै सम्पन भएको हो ।

बैंकको उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापुँजीको ४ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल ११ प्रतिशत लाभांश पारित गरेको छ ।

साथै बैंकको अधिकृत पुँजी १८ अर्ब ५० करोड रुपैयाँबाट बृद्धि गरी ५० अर्ब पुर्याउने विशेष प्रस्ताव रहेको छ । यसका अलावा नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच एकआपसमा गाभ्ने।गाभिने वा मर्जरमा जाने सम्बन्धि सम्पूर्ण प्रस्तावहरु सो सभाले पारित गरेको छ ।

त्यस्तै, गत आवको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । गत आवको असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*