लाभांश पाउन नेपाल टेलिकममा झुम्मिए लगानीकर्ता, यी हुन बिहिबार सर्वाधिक कारोबार हुने टप कम्पनी

७ पुष २०७९, बिहीबार १५:०४

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । आज नेप्से सूचक ०.०१ अंकले घटेर १८६७ विन्दुमा कायम भएको छ ।

नेप्से सूचक घटेपनि आज एक अर्ब ११ करोड ९७ लाख रुपैयाँमाथिको कारोबार भएको छ । सर्वाधिक नेपाल टेलिकमको १४ करोड ९९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, एनआइसी एशिया बैंकको ५ करोड ६९ लाख, नबिल बैंकको ५करोड ३१ लाख, हिमालयन डिष्टिलरीको ४ करोड ८१ लाख र शिवम् सिमेन्ट्सको ३ करोड ९९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*