नेप्सेद्धारा माउन्टेन हाइड्रो नेपालको शेयर कारोबार रोक्का

७ पुष २०७९, बिहीबार १७:१७

काठमाडौं । नेपाल स्टक एक्सचेन्च लिमिटेड (नेप्से) ले माउन्टेन हाइड्रो नेपालको शेयर कारोबार रोक्का गरिदिएको छ ।

कम्पनीले गत आर्थिक वर्षको लाभांस घोषणा तथा वार्षिक साधारण सभा सम्बन्धि पत्र कारोबार समय पश्चात (दिउसो ०३ः०२)बजे पठाएकोमा नेप्सेले धितोपत्र सूचिकरण विनियमावली बमोजिम उक्त कम्पनीको शेयर कारोबार रोक्का गरेको हो ।

नेप्सेले ३ दिन भित्रमा कारण सहित जानकारी गराउन स्पष्टिकरण माग गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*