आरएसडिसी लघुवित्तको वार्षिक साधारणसभा पुस २९ गते

आरएसडिसी लघुवित्त वित्तीय संस्थाले नवौं वार्षिक साधारणसभा आह्वान गरेको छ । संस्थाको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा पुस २९ गते, शुक्रबार, एसियन होटल प्रालि बुटवल, रुपन्देहीमा बिहान ९ बजे सभा सुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ३ प्रतिशत नगद लाभांश गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यसका साथै, वार्षिक प्रतिवेदनसहित लेखापरिक्षण प्रतिवेदन पनि पारित गर्नेछ । संस्थापक सेयरधनी समुह ‘क’ बाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकहरुको निर्वाचन गर्नेछ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ संस्थाले पुस १४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले संस्थाको साधारणसभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछ।













