साधना लघुवित्तद्धारा लाभांस घोषणा, कति दिदैछ बोनश ?
८ पुष २०७९, शुक्रबार १०:३४

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस प्रस्ताव गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांस प्रस्ताव गरेको हो ।
संस्थाको पौस ७ गते बसेको संचालक समितिको बैंठकको निर्णय बमोजिम चुक्तापुँजीको बोनश शेयर १९ प्रतिशत र नगद लाभांस १ प्रतिशतले प्रस्ताव गरेको छ ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भएपश्चात लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।












